नियम ३९
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी विशेष व्यवस्था
देहायका कामसँग सम्बन्धित रोजगारदाताले पालना गर्नु पर्ने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा देहायबमोजिम गर्नु गराउनु पर्नेछः–
(क) आँखाको बचाउ गर्ने : ऐना, काँच, पारो, चुम्बक, प्लेट, फलाम, कङ्क्रिट, सिमेन्ट, चुनढुंगा, विस्फोटक पदार्थ वा अन्य त्यस्तै किसिमका वस्तुसँग सम्बन्धित काम गर्दा त्यसबाट निस्कने धुलो, धुवाँ वा टुक्राबाट तथा वेल्डिङ्ग वा ग्यास कटिङ्ग वा त्यस्तै किसिमका कार्यको सिलसिलामा उत्पन्न हुने हानिकारक विकिरण वा रसायनबाट श्रमिक तथा अन्य कुनै व्यक्तिको आँखामा लाग्नसक्ने चोटपटक, पर्न सक्ने प्रतिकूल प्रभाव वा हानिबाट आँखाको बचाउन गर्न रोजगारदाताले आवश्यक सुरक्षात्मक साधनको प्रयोग र अनिवार्य रूपमा आँखाको नियमित जाँच गर्ने व्यवस्था गर्नु पर्ने,
(ख) रासायनिक पदार्थको असरबाट बचाउने: श्रमिकलाई रासायनिक पदार्थ वा विकिरणयुक्त वस्तुको प्रयोग हुने कार्यमा लगाउँदा त्यस्तो पदार्थको प्रयोगबाट श्रमिकको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर वा हानी नोक्सानीबाट बचाउन रोजगारदाताले आवश्यक सुरक्षात्मक साधनको प्रयोग गर्ने व्यवस्था मिलाउने र त्यस्तो कार्यमा संलग्न श्रमिकको नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाउनु पर्ने,
(ग) प्रेसर प्लान्ट सञ्चालन गर्ने तरिकाः रोजगारदाताले कार्यस्थलमा प्रेसरप्लान्ट सञ्चालन गर्दा देहाय बमोजिम गर्नेः–
(१) कुनै मेशिन वायुमण्डलीय चापभन्दा बढी चापमा सञ्चालन गर्नुपर्ने भएमा त्यस्तो मेसिनको सुरक्षित कार्य सञ्चालन चाप ( वर्किङ प्रेसर ) भन्दा बढी चापमा सञ्चालन गर्न नहुने गरी आवश्यक प्रभावकारी सुरक्षात्मक उपाय अपनाउने,
(२) प्रतिष्ठानमा जडित प्रेसर प्लान्ट तथा त्यसमा जडित उपकरणहरुको क्षमता र अवस्थाको आधारमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकले अधिकतम कार्य सञ्चालन चाप तोक्ने,
(३) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकले प्रतिष्ठानमा जडित प्रेसर प्लान्टको सञ्चालन चाप ( वर्किङ प्रेसर ) तोक्दा त्यस्तो चापमा बढीमा एक वर्षसम्मको लागि प्रेसर प्लान्ट सञ्चालन गर्न सक्ने गरी तोक्ने,
(४) प्रेसर प्लान्टको सञ्चालन तालीम प्राप्त वा अनुभवी व्यक्तिबाट गराउनु पर्ने,
(५) बोईलर, चापयुक्त भेसल वा वायुमण्डलीय चापभन्दा बढी चापमा सञ्चालन गरिने अन्य यन्त्र तथा उपकरण व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको इजाजत बिना सञ्चालन नगर्ने,
(६) सञ्चालनमा रहेको प्रेसर प्लान्ट वा सोसँग सम्बन्धित अन्य यन्त्र उपकरणले राम्ररी काम नगरेको शङ्का लागेमा तुरुन्त सोको जानकारी सम्बन्धित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकलाई दिनु पर्ने।
(घ) आगलागीबाट बचाउने : रोजगारदाताले कार्यस्थलमा कार्यरत श्रमिकलार्इ आगलागीबाट बचाउन देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेः…
(१) आगोमा काम गर्नु पर्ने श्रमिकलार्इ आगोबाट हुनसक्ने चोटपटक वा स्वास्थ्यमा हुनसक्ने हानीबाट बचाउन आवश्यक सुरक्षात्मक पहिरन वा साधनको प्रबन्ध गर्ने,
(२) कार्यस्थलमा हुनसक्ने आगलागिबाट बच्न आपत्कालीन द्वारको व्यवस्था गर्ने,
(३) कार्यस्थलमा आगलागि भएमा तत्काल निभाउन पर्याप्त पानी सहित आवश्यकता अनुसार आगो निभाउने आधुनिक यन्त्र उपकरण, पर्याप्त चापयुक्त पानी पुग्ने गरी हाईड्रेण्ट प्वाईण्ट र होज पाईपको व्यवस्था गर्ने,
(४) आपत्कालीन अवस्थामा बाहिर निस्कने बरण्डा तथा प्यासेज हरबखत खुला राख्ने,
(५) आगलागि हुन गएमा तत्काल सबै श्रमिक तथा कर्मचारीलार्इ सचेत गर्न अग्नि खतरा सङ्केत (फायर अलार्म) वा अन्य कुनै ध्वनि सङ्केत यन्त्रको व्यवस्था गर्ने,
(६) आगो निभाउने यन्त्रहरुको कम्तीमा वर्षको एकपटक निरीक्षण तथा परीक्षण गराई त्यसको अभिलेख राख्ने ,
(७) बारुद, नाइट्रोग्लिसिरिन, डायनामाईट, गन पाउडर, व्लाष्टिङ्ग पाउडर, पारो (मर्करी) वा अरु धातुको फुल्येटेड, फोग्सिग्नल फ्युज रकेट, परक्युशन क्याप, डिटोनेटर, कारतुस वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिमको प्रज्वलनशील तथा विष्फोटक पदार्थ वा विशेष तरिकाले भण्डारण नगरेमा मानव स्वास्थ प्रतिकूल प्रभाव पार्न सक्ने रसायनहरुको प्रयोग वा कारोबार गर्ने रोजगारदाताले त्यस्ता पदार्थ घना बस्तीभन्दा टाढा सुरक्षित तरिकाबाट भण्डारण गर्नु पर्ने र त्यस्ता वस्तुको ओसारपोसार एवं प्रयोग गर्दा दक्ष व्यक्तिद्वारा गर्ने, गराउने।
(ङ) थकान तथा आलस्यता हुन नदिनेः रोजगारदाताले कार्यस्थलमा लामो समयसम्म निरन्तर रूपमा कम्प्युटरमा काम गर्ने वा मानसिक एवम् बौद्धिक श्रम गर्ने श्रमिकलार्इ त्यस्तो कामबाट थकान वा आलश्यता हुन नदिन सम्भव भएसम्म कार्यस्थलमा उपयुक्त कार्य वातावरण मिलाउनु पर्ने।